» » ओलीको विषेश दुत दिल्ली प्रस्थान

काठमाडौँ, २९ भदौ । नयाँ संविधान जारी हुने पूर्व सन्ध्यामा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको विशेष प्रतिनिधिका रुपमा पार्टीका सचिव तथा केन्द्रीय सचिवालयका सचिव प्रदीपकुमार ज्ञवाली आज भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।

उहाँले संविधान निर्माणको जारीे प्रक्रियामा भारतीय नेतृत्व, सरकार र जनताको सद्भाव अभिवृद्धि गर्न योे भ्रमण गर्न लाग्नुभएको एमालेका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

नेता ज्ञवाली आगामी असोज १ गते स्वदेश फर्कनुहुनेछ । असोज ३ गते संविधान जारी हुने मिति तय भएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..