» » जिम्मेवारी पूरा हुनासाथ दङ्गाग्रस्त क्षेत्रबाट ब्यारेक फर्कनेः सेना

काठमाडौँ, भदौ २९ गते । नेपाली सेनाले आफू सामाजिक सद्भाव कायम राख्न निष्पक्ष, विश्वसनीय ढङ्गले काम गर्दै आएको र जिम्मेवारी पूरा हुनासाथ दङ्गाग्रस्त क्षेत्रबाट ब्यारेक फर्कने वताएको छ ।

स्थानीय प्रशासन ऐनअनुसार स्थानीय प्रशासनले जिम्मेवारी क्षेत्रभित्र शान्ति सुव्यवस्था कायम गर्न दङ्गाग्रस्त क्षेत्र घोषणा गरी शान्तिसुरक्षा र अमनचयन कायम गर्न सेनाको सहयोग लिन सक्ने व्यवस्था भएबमोजिम केही स्थानमा नेपाली सेना खटिएको सेनाले जनाएको छ । सैनिक जनसम्पर्क निर्देशनालयले सो प्रावधानअनुसार स्थानीय प्रशासनलाई सहयोग गर्न खटिएको सेनालाई ‘परिचालन भएको’ भन्ने अर्थमा नलिन र नबुभ्न अनुरोध गरेको छ ।

संविधान एवम् प्रचलित ऐननियमका प्रावधानअनुरुप सरकारको मातहतमा रही प्राप्त जिम्मेवारीलाई संयमित, सुझबुझपूर्ण एवम् समन्वयात्मक ढङ्गले गर्दै आएकामा दङ्गाग्रस्त क्षेत्रमा पनि सेनाले नागरिकको जिउधन, सार्वजनिक एवम् सरकारी सम्पत्तिको सुरक्षा गरिरहेको जनाइएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..