» » सात हप्ता बन्दपछि परासीमा विद्यालय सञ्चालनमा

नवलपरासी, असोज १० गते । लामो समयदेखि बन्द रहेका नवलपरासीको सदरमुकाम परासी र दक्षिणी क्षेत्रका विद्यालय आजदेखि सञ्चालनमा आएका छन् ।

नयाँ संविधान र सीमाङ्कनप्रति असहमति जनाउँदै आन्दोलनरत मधेसी थरुहट संयुक्त मोर्चा नवलपरासीले आजदेखि विद्यालय र बजार सञ्चालन गर्न दिने निर्णय गरेअनुसार विद्यालय सञ्चालन भएका हुन् ।

उद्योग वाणिज्य सङ्घको पटक–पटकको आग्रह र प्याब्सनसहित विभिन्न शैक्षिक संस्थाको आग्रहमा विद्यालय र पसल व्यवसाय सञ्चालन गर्न मोर्चा सहमत भएको हो । बिहान ६ बजेदेखि १० बजेसम्म विद्यालय खुलेका छन् भने आजै साँझ ५ बजेदेखि राति ८ बजेसम्म बजार पनि खुल्न दिने मोर्चाले जनाएको छ ।

मोर्चाले गरेको बन्दका कारण करिब ५० दिनदेखि लगातार सदरमुकाम परासीसहित जिल्लाको दक्षिणी क्षेत्रका निजी तथा सरकारी विद्यालय बन्द भएका थिए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..