» » मृतक तथा घाइते परिवारलाई राहत उपलब्ध गराउन गृहमन्त्रालयलाई सिफारिस


वीरगन्ज, भदौ १८ गते । जिल्ला सुरक्षा समितिको आज यहाँ बसेको बैठकले आन्दोलनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत तथा आर्थिक सहयोग उपलब्ध गराउन गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।

झडपका क्रममा घाइते भएकालाई निःशुल्क उपचारका लागि आवश्यक व्यवस्था मिलाउन पनि गृह मन्त्रालयमा अनुरोध गर्ने निर्णय भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताउनुभयो ।

उहाँले मृतकको दाहसंस्कारका लागि पनि आवश्यक केही रकम उपलब्ध गराउने पनि बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार, नेपालको संविधान २०७२ को मस्यौदामा प्रदेश विभाजन र सीमाङ्कनको विषयलाई लिएर मधेस केन्द्रित विभिन्न राजनीतिक दल र सङ्घ सङ्गठनले आयोजना गरेको आम हडतालको समयमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच भदौ १४ र १५ वीरगन्ज नगर क्षेत्रको विभिन्न स्थानमा भएको झडपमा परी पाँच जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा वीरगन्ज उपमहानगरपालिका–१६ का ३५ वर्षीय दिलीप चौरसिया, वीरगन्ज उपमहानगरपालिका–२५ मनियारीका २५ वर्षीय धर्मराज सिंह, गाविस प्रसौनी–८ बाराका २५ वर्षीय दीनानाथ साह, सोही ठाउँ बस्ने २५ वर्षीय जयप्रकाश साह तेली र वीरगन्ज उपमहानगरपालिका– १९ नगवाका २० वर्षीय सोहन साह रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

निषेधाज्ञाका समयमा वीरगन्जको विभिन्न स्थानमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा प्रहरीले चलाएको गोलीबाट उनीहरुको मृत्यु भएको हो । चौरसियाको १४ गते र बाँकी चार जनाको १५ गते मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
यो पनि पढ्नुस्
काँग्रेसले दिएको सहयोग घाइते आन्दोलनकारीद्धारा अस्वीकार

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..