» » सर्लाहीका सरकारी कार्यालयमा आगजानी

सर्लाही, भदौ १९ गते । सर्लाही सदरमुकाम मलंगवामा रहेका विभिन्न सरकारी कार्यालयमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले गएराती आगजनी गरेका छन् ।
मोर्चाका कार्यकर्ताले जिल्ला पशु सेवा कार्यालय, जिल्ला प्राविधिक कार्यालय र जिल्ला परिवार नियोजन संघको कार्यालयमा आगजनी गरेका हुन् । आगजनीबाट जिल्ला पशु सेवा कार्यालयमा पार्किङ गरेर राखिएको चालु अवस्थाको बा १ झ ५४३३ नम्वरको टाटासुमो जलेर नष्ट भएको छ ।
प्रहरीका अनुसार आगजनीमा परि सोहि कार्यालयको ८ वटा नाइट्रोजन ग्यास राख्ने कन्टेनर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने पार्किङ स्थलमा रहेको नम्वर नखुलेको एउटा जीपमा पनि सामान्य क्षति पुगेको छ ।
आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले जिल्ला विकास समिति अन्तर्गत पर्ने जिल्ला प्राविधिक कार्यालयको तीन वटा कोठामा आगजनी गरेका छन् । बन्दकर्ताले जिल्ला परिवार नियोजन संघको कार्यालयमा पार्किङ गरेर राखेको बा ३४ प ३८५६ नम्वरको होन्डा साइन मोटरसाइकल पनि जलाएका छन् ।

कार्यालय प्रमुख मुरारी रैला सुतिरहेको कोठामा ताल्चा लगाएर मोर्चाका कार्यकर्ताले पेट्रोल छर्केर मोटरसाईकल जलाएका हुन् । त्यसैगरि जिल्ला पशु कार्यालय अगाडि जनक चौधरी र कृष्णदेव यादवले सन्चालन गरेको भेटेरिनरी औषधी पसलमा पनि बन्दकर्ताहरुले अगजनी गरेका छन् । आगजनीबाट दुवै पसल पूर्ण रुपमा जलेर नष्ट भएका डिएसपी खड्काले बताउनुभयो । कार्यालयमा सुतिरहकै बेला आगजनी भएपछि कर्मचारीहरु त्रसित भएका थिए ।
टुडेखवर

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..