» » मधेशबाट सेना फिर्ता हुने तयारी

काठमाडौं  भदौ २७ गते । दंगाग्रस्त क्षेत्र घोषणापछि स्थानीय प्रशासन ऐनअनुसार विभिन्न जिल्लामा परिचालित सेनाले फर्किने तयारी थालेको छ । आन्दोलन चर्किँदै गएपछि गृहमन्त्री वामदेव गौतम अध्यक्षताको केन्द्रीय सुरक्षा समितिको निर्देशनअनुरुप प्रमुख जिल्ला अधिकारीको आदेशमा सेना परिचालन भएको थियो ।

प्रजिअको आदेशमा परिचालित हुँदा विभिन्न कोणबाट प्रश्न उठेपछि सेनाले फर्किने तयारी गरेको हो । त्यसप्रति सेनाको परमाधिपति समेत रहेका राष्ट्रपति डा। रामवरण यादवले असन्तुष्टि जनाएका थिए । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले आफू कायममुकायम छँदै यस विषयमा सरोकारवालासँग परामर्श थालेका थिए ।

राष्ट्रपति यादवबाट बिहीबार प्रधानसेनापतिको दज्र्यानी चिह्न र पद तथा गोपनीयताको शपथ लिएसँगै क्षेत्रीले सेना फर्काउने तयारी थालेका हुन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..