» » रौतहटमा जेलभरो अभियान


राकेश यादव
रौतहट भदौ २९ गते । सोमवार प्रहरीले पाँचजना मधेशवादीदलका नेतालाइ पक्राउ गरेको विरोधमा एमाले, एमाओवादीलगायत मोर्चामा आवद्ध विभिन्न दलका जिल्ला नेता तथा महिला नेतृहरुले गौरमा प्रदर्शनपछि आफूहरुलाई सामूहिक रुपमा गिरफ्तारी दिन गएका थिए ।
रौतहटको सदरमुकाम गौरस्थित सरकारद्धारा घोषित दंगाग्रस्त क्षेत्रभित्रै आन्दोलनकारीहरुले शान्तिपूर्ण प्रदर्शनपछि जेलभरो अभियान सफलता पूर्वक सम्पन्न गरेका छन् ।
गौर नगरपालिका कार्यालय अगाडीबाट मुखमा कालोपट्टी बाँधेर जेलभरो अभियानको ब्यानरसहित सैयोको सँख्यामा सहभागिता रहेको र्याली अदालत छेउको मुलबाटो हुँदै डेढबजेको समयमा जिल्ला प्रहरी कार्यालयको मुलगेटमा गई धर्ना बसेका थिए ।
धर्ना बसेको केहीबेर न बित्दै डिएसपी शुधिरराज शाहीले दंगाग्रस्त क्षेत्रको औचित्य बारे माइकिंग गर्दै आन्दोलनकारीहरुलाई धपाएका थिए । प्रहरी कार्यालयको झण्डै एकसय मिटर पश्चिम पुग्दा प्रहरीले महिला आन्दोलनकारीको हातबाट जेलभरो अभियानको ब्यानर थुतेका थिए । आन्दोलनकारीहरुलाइ बीपी चौक हुँदै पूर्वतर्फ प्रहरीले पठाएपछि कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको मोर्चाका कार्यकर्ताहरुले बताउँदै आ–आफनो गनतव्य तर्फ लागेका थिए ।
प्रदर्शनको क्रममा प्रहरी र आन्दोलनकारीबीच सामान्य भनाभन र ब्यानर लुछाचुडीबाहेक सामान्य रुपमा सम्पन्न भएको छ । जेलभरो अभियान अन्तर्गतको र्यालीमा एमालेका रेवन्त झा, एमाओवादीका राजकिशोर यादव, तमलोपाका पूर्व सभासद चन्दन शाह, फोरम नेपालका पूर्व सभासद रम्झा देवी, जिविस रौतहटका पूर्व सभापती राजेन्द्र पटेल, महिला सञ्जालका अध्यक्ष किरण ठाकुर, निमान व्यसाइंका जिल्ला सचिव विकास विक्रम साह, मून्ना लगायतको सहभागिता थियो ।
आइतवार प्रहरीले सदरमुकाम गौरबाट संघिय समाजवादी फोरमका केन्द्रिय सदस्य रामकिशोर यादव, फोरम लोकतान्त्रिक जिल्ला अध्यक्ष अजय गुप्ता, अनिल सिंह, सद्भावनाका जिल्ला अध्यक्ष शेख जमशैद, फोरमका केन्द्रिय सलाहकार रामेश्वर यादवलाई पक्राउ गरेको थियो ।
जिल्लास्थित आन्दोलनमा हिंसात्मक गतिविधि हुन सक्ने आशंकामा उनीहरुलाइ पक्राउ गरिएको प्रहरी प्रवक्ता सुधिरराज शाहीले बताएका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..