» » कुटनीतिक ढंगबाट नेपाल भारतको समस्या समाधान गर्न सुझाव


काठमाडौ, असोज १३ गते  । नेपाल भारत मैत्री संघले नेपाल र भारतबीचको सम्बन्धमा खलल पर्न लागेको प्रति चिन्ता व्यक्त गरेको छ ।
संघले आज पत्रकार सम्मेलन गरेर दुई मुलुकबीच रहेको प्रगाढ सम्बन्धमा पछिल्लो पटक खलल पुग्न लागेकोमा चिन्ता व्यक्त गर्दै दुई मुलुकको जनस्तरमा रहेको सद्भाव र मित्रतालाई कुनै पनि किसिमको आँच आउन नदिने बातावरण सृजना गर्न दुबै देशका प्रधानमन्त्री, परराष्ट्रिय मन्त्री र राजदूतहरुलाई सहज निकासका लागि पहल गर्न आग्रह गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष ओम प्रकाश सरावगीले जनस्तरमा रहेको प्रगाढ सम्बन्धलाई कायम राख्न दुबै देशका सरकारले तत्काल अग्रसरता लिनु पर्नेमा जोड दिए । उनले बाहिर वक्तव्य वाजी, नाराजुलुस गरेर भन्दा पनि समस्या कुटनीतिक तबरबाट समाधान गर्न सुझाव दिए ।
संघका महासचिव शेखर गिरीले दुई मुलुकको सम्बन्धमा केही बाधा देखिएकोले त्यसलाई उचालेर भन्दा पनि कुटनीतिक तवरबाट समाधान निकाल्ने तर्फ प्रयत्न गर्न आग्रह गरे । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..