» » आमसभाका लागि मधेशी मोर्चाका नेताहरु यसरी पुगे गौर


काठमाडौ असोज १३ गते । रौतहटको गौरमा आज आमसभा हुनुको साथै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक पनि बस्ने भएका छन् ।

त्यसका लागि मधेशी मोर्चाका चारै जना मधेशी नेताहरु रौतहट पुगिसकेका छन् । स्रोतका अुनसार चारैजना नेता भाारतीय रुट हुँदै गौर पुगेका छन् ।
तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो रक्सौलबाट रेलमार्ग हुँदै गोर पुगेका छन् भने तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव सीतामढीबाट रेलमाग हुँदै बैरगिनिया पुगेका थिए। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव बिराटनगरबाट जोगबनी हुँदै सडकमार्गबाट गौर पुगेका छन् ।
आज केही छिन बस्ने मधेशी मोर्चाको बैठकमा तीन दलका सरकारी वार्ता टोली र तमलोपाका अध्यक्ष महन्थ ठाकुरबीच भएको अनौपचारिक वार्ता र तीन दलले दिएको प्रस्ताव बारे छलफल हुने बताइएको छ ।
गौरको सिया पैलेसमा हुने बैठकमा अध्यक्ष ठाकुरले प्रधानमन्त्री, राष्ट्रपति, तीन दलका अन्य शीर्ष नेता बीच भएको औपचारिक र अनौपचारिक वार्ताबारे मोर्चालाई जानकारी गराउने पनि बताइएको छ । साथै भोली हुलाकी राजमार्गमा हुने मानव सांगलो कार्यक्रमलाई सफल पार्न पनि रणनीति बनाउने बताइएको छ । अक्टुबर २ तारेखमा हुने गांधी जयन्तीको अवसरमा मधेशमा असहयोग आन्दोलन गर्ने बारेमा पनि छलफल गर्ने बताइएको छ ।
गौरमा संयुक्त लोकतांत्रिक मधेशी मोर्चा र मुस्लिम गठबंधनको संयुक्त आयोजनामा हुने विशाल विरोध सभालाई चारै शीर्ष नेताले संबोधन गर्नेछ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..