» » महोत्तरीमा चारको मृत्यु, पत्रकार सहित दर्जनौँ घाइते, निषेधज्ञा जारी(फोटो फिचर)


महोत्तरी, भदौ २३ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच आज महोत्तरीको जलेश्वरमा भएको झडपमा परी चार जना आन्दोलनकारीको मृत्यु भएको छ ।

प्रहरीको गोलीले मृत्यु हुनेमा महोत्तरी गाविस–५ का रामविवेक यादव, जलेश्वर नगरपालिकाका रोहन चौधरी, र मसुवा कापर तथा अर्का एकको प्रहरीको गोली लागि मृत्यु भएको हो तर उनको सनाखत भएको छैन । प्हरीको गोली लागेपछि उनीहरुलाई अस्पताल ल्याएपछि मृत घोषित गरिएको जिल्ला अस्पताल महोत्तरीका मेडिकल अधिकृत डा सतिश साहले जानकारी दिनुभयो ।

त्यस्तै प्हरी र प्रर्दशनकारी वीचको झडप लामो समयसम्म भएकोले झडपमा परी दुई दर्जनभन्दा बढी आन्दोलनकारी घाइते भएका छन् । प्रहरीको वर्वरता पुर्ण दमनमा रेडियो मिर्चीका सञ्चारकर्मी विकास मिश्रासमेत घाइते भएका छन् । सञ्चारकर्मी विकाश मिश्रा रेडियो मिर्चीको डाइरेक्टर हो उनको उपचारको लागि जनकपुर अस्पतालमा पु¥यायो । मिश्राको हातमा प्रहरीले चलाएको गोली लागेको थियो । आन्दोलनलाई सशक्त बनाउन गाउँगाउँबाट आएको हजारौँको सङ्ख्यामा मोर्चाका कार्यकर्ता प्रदर्शनका क्रममा दर्जनो घाइते भएको छन् ।

सञ्चारकर्मी विकाश मिश्रा रेडियो मिर्चीको डाइरेक्टर
झडपपछि तनावग्रस्त बनेको जलेश्वरको स्थितिलाई मध्यनजर राख्दै स्थानीय प्रशासनले आजै अपराह्न ४ः३० बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..