» » टिकापुरवाट सेना फर्किने

टीकापुर, असोज ११ गते । शान्ति सुरक्षालाई मध्यनजर गरी कैलालीको टीकापुर नगरपालिका र आसपास क्षेत्रमा खटिएको नेपाली सेना आजदेखि सेना व्यारेक फर्किने भएका छन् ।
टीकापुरको सुरक्षा स्थिति सामान्य हुँदै गएको भन्दै स्थानीय प्रशासनको अनुरोधमासेना व्यारेक फिर्ता हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । टीकापुरमा गएको भदौ ७ गते आठ प्रहरी र एक बालकको ज्यान जाने गरी भएको हिंसात्मक घटनापछि स्थानीय प्रशासनले टीकापुर नगरपालिका, भजनी–त्रिशक्ति नगरपालिकासहित आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गर्नुका साथै दङ्गाग्रस्त क्षेत्रसमेत घोषणा गरी सेना खटाएको थियो ।
जिल्ला प्रशासन कार्यालयले हिजो जारी विज्ञप्ति जारी गरी शान्ति सुरक्षाको लागि भन्दै खटिएको सेना स्थिति सामान्य भएकाले फर्किन लागेको उल्लेख गरेको छ । त्यस्तै टीकापुरमा जारी निषेधाज्ञा पनि आज बिहान ५ बजेदेखि साँझ ५ बजेसम्मका लागि हटाइएको भएपनि निषेधित क्षेत्र भने यथावत रहेको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिअनुसार निषेधित क्षेत्र भने सदरमुकाम धनगढीमा पनि यथावत रहनेछ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..