» » बन्दको अबज्ञा गर्ने उपर कारवाही हुदाँ मोर्चा जिम्मेवार नहुने निर्णय

वीरगन्ज, भदौ २२ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पर्साको बीरगन्जमा बसेको बैठकले विभिन्न पाँच सुत्रीय निर्णय गर्दै जारी अनिश्चितकालीन बन्दको अवज्ञा गर्ने उपर आक्रोषित जनताले कारवाही गरे जिम्मेवार नहुने जनाएको छ । 
मधेसी जनताका अधिकारका लागि युवाले अफ्नो प्राणको वलिदानी गरिरह्द अरुले बन्दको अवज्ञा गरे आन्दोलनको अपमान हुने मोर्चाको ठहर छ ।
आन्दोलनको क्रममा मारिएका शहिद युवाको परिवारलाई २० हजार रुपैया आर्थिक सहयोग दिने, र आन्दोलनका क्रममा घाइते भएकाको परिवारलाई भेटी आवस्यक सहयोग गर्न समिति गठनको निर्णय भएको छ । 

त्यस्तै पर्साको हरपतगंगमा भदौं २३ गते बुधबार विहान ७ बजे देखि जनजागरण सभा आयोजना गर्ने, शहिदप्रति सम्मान प्रकट गर्दै मुण्डन गराउन मोर्चामा अवद्ध दलका नेता कार्यकर्तालाई निर्देशन र जनतालाई आग्रह गरिएको मोर्चाका नेता संघीय समजबादी फोरम नेपालका पर्साका अध्यक्ष प्रदीप यादवले बताए । 

बन्दलाई अवज्ञा गर्दै संचाल गरिएको उद्योग, बैंक तथा वितीयसंस्था, यातायात, सरकारी तथा  गैरसरकारी संस्थालाई अविलम्ब बन्द गर्ने अपिल गरेको  निर्णय गरेको छ । ‘मधेसी जनताको अधिकारका लागि आप्mनो प्राणको वलिदानी दिने ६ जना युवाको शहातदलाई अपमानित गर्दै वीरगन्ज भन्सार र सुख्खा बन्दरगाहमा कार्यरत एजेन्टहरुले काम गरेको जानकारी छ,’ यादवले भने । 

मोर्चाका पर्सा संयोजक पुरुषोत्तम झाको अध्यक्षतामा बसेके बैठकम सद्भावना पार्टीका सहअध्यक्ष समेत रहेका सभासद लक्षमणलाल कर्ण, केन्द्रिय सदस्य नेजामुद्दीन समानी, तमसपाका जिल्ला अध्यक्ष प्रेमचन्द्र साह लगायतको उपस्थिती थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..