» » गौर बैरगनिया नाका बन्द गर्ने क्रममा मोर्चाका ८ जना पक्राउ

राकेश यादव,रौतहट, आश्विन ७ गते । सयुक्त लोक्तान्त्रिक मधेशी मोर्चाले गरेको घोषित कार्यक्रम अनुसार रौतहटमा मोर्चाका नेता तथा कार्यकर्ताले गौर बैरगनिया नाका बन्द गर्ने क्रममा प्रहरीले पक्राउ गरेका छन् । नाका बन्द गर्ने क्रममा गौर बैरगनिया जोडने सिमावर्ति पुलमाथी बाट प्रहरीले मोर्चाका ८ जना नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेका हो ।
पक्राउ पर्नेमा संघिय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रामकिशोर यादव, नेता सर्फलाल यादव, पासपत यादव, जिल्ला उपायक्ष धर्मेन्द्र पटेल, राष्ट्रिय मधेशी मुक्ती मोर्चा क्रान्तिकारीका राजेश साह, तराई मधेशी युवा अभियानका केन्द्रीय समयोजक ललित मल्लिक सानु, विद्यार्थी फोरम नेपालका केन्द्रीय सदस्य ललन यादव, जिल्ला अध्यक्ष प्रकाश भाई रहेका छन । पक्राउ पर्ने रामकिशोर यादव अस्ति मात्रै हिरास्त मुक्त भएका थिए ।
सयुक्त लोक्तान्त्रिक मधेशी मोर्चा रौतहट आज देखि नाका केन्द्रीत आन्दोलन गर्ने निर्णय गरे पछि गौर वैरगनिया नाकाबाट आवतजावत आशिँक अवरोध भएको छ । मोर्चाका नेता कार्यक्रर्ताहरु सिमावर्ति पुलमा शान्तिपुर्ण ढंगले धार्नामा वसि रहेको समयमा प्रहरी हस्तक्षेप गरी नेताहरुलाई पक्राउ गरे पछि सर्वसधारण आक्रोशित भएका छन । प्रदर्शनको क्रममा सयौको संख्यामा नेपाल प्रहरी तथा शसस्त्र प्रहरीको परिचालन गरिएको थियो । सो अवधि भर यातयात पूर्ण रुपमा ठप हुनुको साथै स्थिति तनाव ग्रस्त भएको थियो ।
यसै विच ईस्लाम धर्मावलम्वीहरुको पर्व ईद उल अजहा परेकोले सर्वसधारणलाई ध्यान दिदै सो कार्यक्रम २ बजे पछि स्थगित गरिएको थियो ।  पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप प्रक्रीया अगाडी वढाईएको प्रहरी श्रोतले जनाएको छ । यता मोर्चाले पक्राउ परेका नेता कार्यक्रर्ताहरुलाई अविलम्ब रिहा नगरे कडा कदम चालने चेतावनी दिएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..