» » सविधानमा हस्ताक्षर शुरु

काठमाडौँ, असोज १ गते । संविधानसभाबाट पारित नेपालको संविधान, २०७२ मा सभासद्हरुको हस्ताक्षर कार्यक्रम सुरु भएको छ । अहिले बिहान ९ बजेदेखि संविधानसभा भवन नयाँबानेश्वरमा सुरु भएको हस्ताक्षर कार्यक्रम दिउँसो ३ बजेसम्म चल्नेछ ।

संविधानसभा भवनको ल्होत्से हलमा सभाध्यक्ष सुवास नेम्वाङको उपस्थितिमा कार्यक्रम सुरु भएको हो । कुल १० वडा डेस्कमा सभासद्हरुको वर्णानुक्रमअनुसार संविधानका अनुसूचीअन्तर्गत राखिएका सभासद्हरुको नामावलीको सूचीमा हस्ताक्षर भइरहेको छ ।

नेपाली कागजमा मुद्रण गरिएको पाँचप्रति संविधानमा हस्ताक्षर हुनेछ । हस्ताक्षर क्रम सकिएपछि सभाध्यक्ष नेम्वाङले प्रमाणीकरण गर्ने कार्यक्रम छ । गत भदौ ३० गते पारित भएको संविधानमा बिहीबार शुद्धाशुद्धि हेर्ने काम सकिएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..