» » अपडेटः वीरगञ्ज आज पनि विहानैदेखि तनावग्रस्त, मृतकको सँख्या चार

पर्सा, भदौ १५ गते । प्रदर्शनकारी र प्रहरीबीच आज बिहानदेखि पटकपटक भइरहेको झडपका कारण यहा“को जनजीवन बिहानैदेखि त्रसित बनेको छ । वीरगञ्ज उपमहानगरपालिका १६ राधेमाई क्षेत्रमा प्रहरीको गोली लागि एक जनाको मृत्यु भएको छ । आज १ बजे प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीले चलाएको गोलीले धर्मराज सिंह मृत्यु भएको हो ।
गोली लागेर घाइते दीनानाथ साह र भोलाप्रसाद साहको उपचारकोक्रममा अस्पतालमा मृत्यु भएको नेशनल मेडिकल कलेजको अस्पतालमा मृत्यु भएको हो । नगुवा चौकमा भएको झडपमा स्थानीय सोहन कलवारको घटनास्थलमै मृत्यु भएको हो ।
गोली लागि अरु तीन जना घाइते छन् । घाइतेमध्ये चतुरी तिवारीको अवस्था चिन्ताजनक रहेको छ।

वीरगन्जको विभिन्न ठाउ“मा भइरहेको प्रदर्शनका क्रममा गण्डक चोकमा भएको झडपमा प्रहरीले प्रहार गरेको गोलीबाट तीनजना घाइते भएका छन् । घाइते हुनेमा मधेशी जनअधिकार फोरम गणतान्त्रिकका जिल्ला मजदुर अध्यक्ष मोहम्मद मजिद देवान, स्थानीय दिपेश पटेल र सन्दीप पटेल रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

घाइतेको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । कफ्र्यु को अवज्ञा गर्दै प्रदर्शनकारीले प्रदर्शन गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन वीरगन्जको गण्डक चोकमा आज बिहान सुरक्षाकर्मीले चलाएको गोली लागेर ती दुवै घाइते भएको हो ।

कफ्र्युको अवज्ञा गर्दै प्रदर्शनकारीले बिहानैदेखि वीरगन्जको गण्डक चोक, लक्ष्मणवा चोकलगायत सहरका विभिन्न भागमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले विभिन्न नारा लगाउ“दै सुरक्षाकर्मी माथि ढुङ्गामुढा गरिरहेका छन् ।

सोमबार दिउँसोदेखि नै वीरगन्जको नगवा, बिर्ता, घन्टाघर, बसपार्क, मुर्ली चोक, राधेमाई चोक र रानीघाटलगायत सहरका विभिन्न भागमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको पटकपटकको झडपपछि वीरगन्ज तनावग्रस्त बनेका छन् ।

स्थितिलाई नियन्त्रणमा लिनका लागि स्थानीय प्रशासनले सोमबार ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कफ्र्यु जारी गरेको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..