» » प्रहरीले स्कटिङ्ग गरेर सयौँ गाडीलाई पु¥याए गन्तब्य

सप्तरी, असोज ११ गते । तराई मधेश झण्डै सात साता देखी आम हडताल र बन्द हुदै आइरहेको नयाँ संविधान र सीमाङ्कनको विरोधमा उत्रेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दको आज ४५औँ दिनमा पनि सप्तरी प्रहरीले पूर्व–पश्चिम राजमार्गमा अलपत्र परेका करिब ४०० सवारीसाधनलाई सुरक्षा घेरा दिएर गन्तव्यमा पठाएको छ ।

पूर्व पश्चिम राजमार्गमा अलपत्र परेको बस, मालबाहक ट्रक र साना ठूला सवारीसाधन गरी ४०० सवारीसाधनलाई पश्चिमको सिरहाबाट सुनसरीतर्फ र सुनसरीमा अलपत्रमा परेका सार्वजनिक सवारीसाधनलाई प्रहरीले स्कटिङ्ग सुरक्षा दिएर गन्तव्यसम्म पु¥याएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..