» » जनताद्धारा प्रधानमन्त्री सहित प्रमुख नेताहरुलाई फाँसी


राजविराज, भदौ ३० गते । सप्तरी जिल्लाको राजविराजमा स्थानिय बासिन्दाहरुले प्रमुख तीन दलका नेताहरु लाई फासीको सजाय सुनाइ फाँसी दिइएको छ । फाँसी हुने कांग्रेसको सभापति एवंम प्रधानमन्त्री सुशील कोइराला, केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड र बामदेव गौतमलाई फाँसी दिइएको छ । 


चार नेताको प्रतिक बनाई स्थानीय जनताले राजविराजमा सयौँको सहभागितामा उनीहरुलाई फाँसीमा झुण्ड्याएका हुन् । तराईको जनताको हकअधिकार र मधेशसँग गरेको धोका तथा गिरीजा प्रसाद कोइरालाले गरेको सहमति सम्झौतालाई लत्याएर सशस्त्र, सेनाको बर्वरतापुर्ण दमनको साथ चार दर्जन भन्दा बढी सर्वसाधारणको हत्या गरेको विरोधमा नेताहरुलाई जनताले फाँसी दिएका हुन् ।

मधेश विरोधी प्रतिगमनकारी संविधान दुइतिहाइको बहुमतको दम्भ देखाएर मधेशी, जनजाती, आदीवासी, दलित तथा महिलाहरुको हक अधिकारलाई कुण्ठित गरेर संविधान जारी गर्न लागेको र करिब पाँच सतादेखी मधेश आन्दोलन लम्बिँदै जाँदा र मधेशमा निर्दोष सर्वसाधारण मर्ने क्रम बढ्दै जाँदा जनतामा सरकारविरुद्ध आक्रोश पनि बढ्दै गएको छ । तराई मधेशको आक्रोशित जनताले सँधै विभिन्न ठाँउहरुमा प्रदर्शन र जुलुस गर्दै आएका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..