» » हाम्रो शहीदको लाश पोल्न देउ

–जय प्रकाश गुप्ता
तपार्इ संविधान पास गर्दै हुनुहुन्छ, गर्नु होस । तर, शहीदहरूको लाशको सदगत् गर्न नरोक्नु होस । जलेश्वरमा प्रहरीको गोलीबाट ६ जनाको हत्या भयो । गत २३ गते गोली लागेका मध्ये ३ जनाको जलेश्वरमै मृत्यू भयो । थप १ जनाको उपचारका लागि काठमांडू लगिएकोमा २५ गते शुक्रवार त्यही मृत्यू भयो । सोही दिन फेरी जलेश्वरमै भएको गोली कांडमा २ जनाको हत्या भयो । यी ६ जना शहीदको लाश अहिले जलेश्वर अस्पतालमा राखिएको छ ।
हिजो प्रजिअसंग भएको समझदारी अनुसार अाज शवयात्रागरी दाह संस्कार गर्न दिने भनिएको थियो । अाज त्यसको तयारी भयो । तर, प्रजिअले कर्फ्यू लगाए र माथीको अादेश भन्दै शवयात्रा तथा दाहसंस्कारमा रोक लगाएका छन् ।
सबैलार्इ थाहा छ, जलेश्वर अस्पतालमा शवलार्इ सुरक्षित राख्ने सुविधा छैन । सबै लाशहरू असुरक्षित रूपमा प्लाष्टिकले बेरिएर राखिएको छ । यी लाशहरू कुहिएर गन्हाउन थालेका छन् । तर, सरकारले सदगत् गर्न दिएको छैन । यो घोर अधर्म भएको छ ।
यो देश अब तपार्इको मात्र भएको छ । शासन अब तपार्इहरू कै हुनेछ । संविधान जारी भएपछि तपार्इ मानवबाट उन्नत भएर श्रृष्टिकर्ता बन्न पुग्नु हुनेछ । हामीलार्इ मान्नै पर्ने हुन्छ । त्यो नागरिकताको चिर्कर्ट नखोसुञ्जेल नेपालका मधेसी भनि रहन्छाै । भनिन्छ, वेदना असिमित र असह्य भएपछि दुख्दैन । अहिले नै दुख्न छोडेको छ, थप दुःखार्इ पनि हुन्न । शायद हामी मन भित्रै रोएपनि भारत, चीन कोही सुन्ने छैनन् । चन्द्रगिरी पहाडको डाडां पारी त हाम्रो अार्तनाद पुग्दैपुग्दैन् । प्रभुहरू, तैपनि हामी यही भूमिमा रहन्छाै । अहिलेलार्इ विन्ती छ, सरकार शहीदको लाश पोल्न देउ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..