» » बालुवाटार पुगेको गच्छदार निराश भएर फर्के


काठमाडौं, १ असोज । मधेशी जनअधिकार फोरम लोकतान्त्रिका अध्यक्ष विजयकुमार गच्छेदार संविधान निर्माण प्रक्रियामा सहभागी गराउने प्रयास असफल भएको छ ।
सहमती गर्नका लागि बालुवाटार पुगे पनि शिर्ष दलले सीमांकनबारे र भाषाको विषयमा कुरा नमिले पछि गच्छदारलाई निराश भइ फर्केका थिउ । हिजो राती सहमती पत्रमा हस्ताक्षर नगरी १ बजे सम्म चलेको बैठकमा पार्टीमा आन्तरिक छलफल पछि सहमती गर्ने जनाएका गच्छदार आज पार्टीका नेता जितेन्द्र देव सहित बालुवाटार पुगे पछि प्रदेशको विषयलाई लिएर देशका विभिन्न भागमा भइरहेका आन्दोलनलाई राजनीतिक समस्याको रुपमा लिई समाधान गर्ने र संविधानमा व्यवस्था गर्ने विषयमा कांग्रेसका एमालेका केही नेताहरुले अडान लिए पछि गच्छदार निशास हुँदैं बालुवाटार बाट फर्केका थिए ।
विभिन्न भागमा भन्ने शब्दको अगाडि तराई र मधेस लगायत भन्ने शब्द राख्न प्रस्ताव गरे पछि कांग्रेस एमालेका केही नेता जंगिएर त्यो मान्न नसकिने अडान लिए पछि निकै भावुक हुँदैं गच्छदार बैठक बाट बाहिरिएका थिए । अब लगभग शिर्ष दल र गच्छदार बीचको सहमती पनि नहुने पम्का भएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..