» » भिठामोठ नाका पनि ठप्प


काठमाडौ असोज ५ गते । भारतसँग नेपालको सिमाना भिठामोडमा भारतिय एसएसबिले शुरक्षा कडा बनाएको छ । वीरगञ्जको रक्सौल नाकामा ट्याकी रोकेका भारतले नेपालसँग जोडेका विभिन्न नाकामा सुरक्षा कडा पारेको छ ।
दिल्लीबाट आदेश आउनासाथ सिमा बन्द गरिने एसआईबीले जनाएको छ ।
नेपालमा जारी राजनितिक अस्थिरता र भारतको विहारमा १२ अक्टुवर मा हुने चुनावको कारण देखाउदै भिठामोड नाका बन्द गरिएको छ । कुनैपनि बेला पुर्ण बन्द गर्न सकिने भारतिय एसएसबिका एएसआई रमेश कुमार शर्माल बताए ।
हाल भिठामोडमा मोटरसाईकल नेपालकै सिमामा राख्नु पर्ने र भारत जानै परे पुर्ण कागजपत्र चेकजाच गराई एंट्री गराई मात्र जान पाईने एएसआई शर्माले जनाए ।
नेपालको राजनितिक अस्थिरता र नेपाली उच्च नेताहरुको भारतप्रतिको टिप्पनी मुलकारण रहेको संकेत दिदै सिमा अझै कडा पारिन सकिने उनले बताए । यता नेपाली सिमा शुरक्षा बलले समेत चेकजाच कडा पारेको छ ।
साथै भारतबाट नेपाल आयात गरिएको सामान लिएर करिब १० ट्रक बन्द सुरु भएदेखि नै भिठामोडमा थनकिएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..