» » इन्धनको हहाकार,जोर विजोर गरि गाडी चलाउन सरकारको अपिल(प्रेस विज्ञप्ति सहति)


काठमाडौं, १० असोज । भारतले लगाएको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको आपूर्ति ठप्प भएपछि सरकारले आइतबारदेखि देशभर सबैखाले सवारी साधन जोर–बिजोर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयमा शनिबार बसेको सम्बद्ध निकायका उच्च अधिकारी सम्मिलित बैठकले आइतबारबाट दुइ पांग्रे मोटरसाइलकदेखि चार पांग्रे गाडिसम्म सबै जोर–बिजोर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयमा शनिबार बसेको मन्त्रीस्तरीय बैठकले आपूर्ति रोकिएको अवस्थामा मौज्दात इन्धन व्यवस्थित गर्न जोरबिजोर प्रणाली लागू गरेको हो । गृहले जोर गतेका दिन जोर र बिजोर गते बिजोर नम्बर प्लेट भएका गाडी चलाउन अपिल गरेको छ । यो प्रणाली अत्यावश्यक (प्रहरी, सरकारका उच्चपदस्थ, सेना , एम्बुलेन्स, अस्पताल, दूध, पानी, स्कुल, ग्यास, प्रेस, अनुगमनमा खटिएका सवारी साधन)बाहेकको हकमा लागू हुने जानकारी गृह मन्त्रालयका प्रवक्ता सहसचिव लक्ष्मी ढकालले दिए यसअनुसार आइतबार १० गते जोर नम्बरका सवारी साधनमात्रै सञ्चालन गर्न पाइने छ । बिजोर गते बिजोर नम्बरका र जोर गते जोर नम्बरका सवारी साधन मात्र सञ्चालन गर्न पाइने गृहका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले नागरिकलाई जानकारी दिए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..