» » सप्तरीको कदमाहामा बृहत जनप्रर्दशन

फाइल फोटो

सप्तरी, भदौ २२ गते  । प्रदेश सीमांकनको विरोधमा तराई–मधेशमा जारी आन्दोलनको क्रममा आज सप्तरीको कदमाहामा विशाल जनप्रदर्शन र जनसभा सम्पन्न भएको छ ।
पूर्वी थारुवान कोचिला संयुक्त संघर्ष समिति, थारु कल्याणकारीणी सभाले आयोजना गरेको विशाल प्रदर्शन र जनसभामा ७ हजार भन्दा बढीको सहभागीता रहेको थियो । दलित, मुस्लिम मधेशी लगायतका सप्तरीका क्षेत्र न. ५ र ६ का विभिन्न ठाउँका गाउँ–गाउँबाट आएका सर्वसाधारणहरुले कदमाहामा प्रदर्शन र विशाल जनसभा गरेको हो ।
जनसभालाई सम्बोधन गर्दे थरुहट तराई पार्टी नेपालका सल्लाहकार गोपाल दहितले पहिचान विनाको संविधान कुनैपनि हालतमा मान्य नहुने बताउँदै थारु मधेशीहरुको सभासदहरुको अनुपस्तिथिमा घोषणा गर्ने संविधानलाई अन्तर्राष्ट्रि जगतले मान्यता नदिने दावी गर्नुभयो ।
जनसभामा पूर्वी थारुवान कोचिला संघर्ष समिति संयोजक सन्तोष थारुले आफूहरुको मग सम्बोधन नभएसम्म आन्दोन जारी रहने बताउनुभयो । त्यस्तै जनसभामा बोल्नुहुँदै पूर्वी थारुवान कोचिला राष्ट्र संघ समिति सदस्य रमेश चौधरीले तराईका हात खुट्टा अलग गरेर बनाउने संविधान कहिले मान्य नहुने बताउनुभयो ।
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको केन्द्रीय सदस्य गीता चौधरीले थारु मधेशीको भाषा अलग भएपनि पहिचान एउटै भएको बताउनुभयो । जनसभामा फोरम लोकतान्त्रिकको महासचिव एंवम पूर्वमन्त्री मृगेन्द्र कुमार सिंह यादव, दलित गणतान्त्रिक मोर्चा नेपाल केन्द्रीय अध्यक्ष बलराम सदा, आदिवासी जनजाति समन्वय परिषद पूर्वाञ्चल सदस्य मोहन गोले, आम मूल निवासी मुक्ति मोर्चाका केन्द्रीय सदस्य जगजीवन राम, संघीय समाजवादी फोरम नेपालका क्षेत्रीय अध्यक्ष लगायतका वक्ताहरुले थारु मधेशीहरुको माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताउएका छन् ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..