» » राष्ट्रपतिलाई खुल्लापत्र

महामहिम राष्ट्रपति रामवरण यादव ज्यु,
मधेशी, थारू र आदिवासीको बलिदानबाट सृजित गणतन्त्र नेपालको प्रथम राष्ट्रपति हुनुभएको बेला हामी शोषित समुदाय असाध्यै गौरवान्वित भएका थियौ ।
महामहिम ज्यु,
अहिले हाम्रो बलिदानबाट स्थापित गणतंत्र, संविधानसभा र संघीयतालाई मानमर्दन गरि राजतन्त्रको फोटोकपी सहितको बिर्ते राजनीति स्थापित गर्न खोजिएको छ भने अर्कातिर देशको ढूकढुकी रहेका मधेशी (थारु, आदिवासी र जनजाति लाई नेपाल बाट अलग गर्न षड्यंत्र गरीरहेका छन् राज्य सत्तामा बसेका यी रक्त पिपासुहरुले  !
महामहिम ज्यु,
नेपालको अन्तरिम संविधान अनुसार बराबरको अधिकार माग्दा हामीलाई बिखण्डनकारी एवं आतंकारी धोषित गरिरहेको अबस्था छ अहिले ।
महामहिम ज्यु,
यत्रो हिंसा भइराखेको र असी प्रतिशत जनता जारी गर्न लागिएको संविधानको बिपक्षमा रहँदारहँदै साथै सर्वोच्च अदालतको फैसलालाई लत्याउदै आफ्नो निजी स्वार्थका लागी संविधान घोषणा गर्नु हितकर हुदैन । यसले देशलाई बिखन्डन तिर लैजाने छन् ।
महामहिम ज्यु,
देशको हितकर छैन यो संविधान । अतः नेपाली जनताको रक्षकका नाताले देशको रक्षार्थ यो संविधान जारी नगरीदिन राष्ट्र भक्त यो नेपालीको तर्फ बाट हार्दिक आग्रह  !
राष्ट्र भक्त यो नेपाली
राज कुमार यादव
लगायत करौडो नेपाली  !

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..