» » यूएनको अगाडि मधेशीको धर्ना

काठमाडौ भदौ ३१ गते । संयुक्त राष्ट्र संघ (यूएन) कार्यालयका अगाडि मधेशी बुद्धिजिवि तथा नागरिक समाजले धर्ना दिएका छन् । तराई मधेशमा भइरहेको आन्दोलनमा मानवअधिकारको उलघंन भइरहेको कुरा आफूहरुको जानकारीमा रहेको यूएनले बताएको छ ।
रुपन्देहीको बेथरीमा प्रहरीद्धारा मारिएका चार वर्षीय बालकको बारेमा ध्यानाकर्षण गराउन काठमाडौस्थित यूएनको कार्यालय अगाडि धर्ना बसेका मधेशी नागरिक समाजसँग सो कुरा बताएको हो ।
तराई मधेशमा जारी शान्तिपूर्ण आन्दोलनमा प्रहरीको व्यापक दमन भइरहेको बारेमा मधेशी नागरिक समाजका अगुवाहरु यूएनलाई जानकारी गराउन यसअघि पनि एकपट धर्ना बसि सकेको थियो । आज धर्ना बसेको क्रममा काठमाडौस्थित यूएनका प्रतिनिधि आएर तराई मधेशमा भइरहेको आन्दोलनको बारेमा आफूहरुले अनुगमन गरिरहेको जनाएका थिए ।
आन्दोलनको बारेमा आफूहरु सरकारसँगको निरन्तर सम्पर्कमा रहेको बताउँदै उनले यसबारेमा आफूहरुले सरकारसँग तत्कालै कुरा गर्ने धारणा राखेको अधिकारकर्मी विजयकान्त कर्णले बताए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..