» » फोरम नेपालको सदस्य यादव प्रहरी हिरासतमा

वीरगनज, आश्विन ७ गते । संघीय समाजवादी फोरम नेपालको केन्द्रीय सदस्य रामकिशोर यादवलाई विहीवार राति प्रहरीले पक्राउ गरेको छ ।
गत भदौ २९ गते पक्राउ परेका तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनल र जिल्ला अध्यक्ष नवलकिशोर सिंहलाई मुद्दा पेस गर्न जिल्ला प्रशासन कार्यालयमा ल्याएको बेला फोरमका नेता यादव त्यहाँ जाँदा प्रहरीले स्थानीय प्रशासनको आदेशमा आगजनी गराएको आरोपमा अनुसन्धानको लागि हिरासतमा लिएको हो ।
काँग्रेस कार्यकर्ता विनोद यादवको पकडीया ९ स्थित घरमा आगजनी गरेको आरोपमा अनुसन्धानको लागि हिरासतमा लिइएको प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले बताए ।
पक्राउको विरोधमा कार्यकर्ताहरुले राती अबेरसम्म प्रदर्शन गरेका छन् । यसैबीच तमलोपा सहमहामन्त्री सोनल र जिल्ला अध्यक्ष सिंहको बयान लिइएकोछ । सार्वजनिक मुद्दाको थुनछेक रातीसम्म हुनसक्ने बारका अध्यक्ष रामचन्द्र सिंहले बताए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..