» » राजधानीको दुई ठाउँमा बम फेला

काठमाडौं, असोज ३ गते । संविधान जारी हुने दिन आज विहानैदेखि मधेश लगायत उपत्यको क्षेत्रमा सुरक्षा अवस्था काडा पारिएपनि आन्दोलनकारीहरु गतिविधि गरिरहेका छन् । आज बिहानै ललितपुरको महालक्ष्मीस्थान र पुल्चोक तथा काठमाडौंको रवीभनवनमा बम भेटिएको छ । सविधान घोषणा दिन आज नाका नाकाको सुरक्षा कडा पारिएपनि राजधानीमै बम भेट्नु सुरक्षा चुनौति बढेको छ ।
महालक्ष्मीस्थानबाट सातदोबाटो जाने बाटोमा र पुल्चोकको सुजुकी सोरुम अघि बम भेटिएको प्रहरीले जनाएको हो । नेपाली सेनाको बम डिस्पोजल टोलीले तीनै स्थानको बम निष्क्रिय पारेको छ ।
महालक्ष्मीस्थानमा चिया पकाउने किल्टीभित्र तथा पुल्चोकमा बाकस भित्र बम फेला परेको प्रहरीले जनाएको हो । बम भेटिएको स्थानबाट प्रहरीले नेकपा माओवादी लेखिएको पर्चा र झन्डा पनि बरामद गरेको छ ।
दुवै स्थानमा राखिएका बम पेट्रोलिङ बम भएको प्रहरीको अनुमान छ । बम फेला परेपछि राजधानीको सुरक्षा व्यवस्था अझै कडा बनाइएको छ ।
नयाँ संविधान घोषणा हुने दिन नै पारेर कतिपय दलले बन्दको आह्वान गरेका छन् । यद्यपि, राजधानीको जनजीवन सामान्य नै छ ।
संविधान घोषणाको विरोध गर्दै वैद्य र विप्लव नेतृत्वका दुई माओवादीले आम हडताल आह्वान गरेका हुन् ।
उता मधेसमा पनि केही दलले संविधानमा आफ्ना सबै कुरा नसमेटिएको भन्दै असन्तुष्टि जनाउँदै विरोध गरिरहेका छन् । कतिपय जिल्लामा आम हडताल आह्वान गरिएकाले जनजीवन प्रभावित देखिएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..