» » गच्छदार र उपेन्द्रको मोर्चाबीच कार्यगत एकता हुँदै


काठमाडौ असोज ९ गते । उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र यादव रहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र विजयकुमार गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाबीच कार्यगत एकता हुने निश्चि भएको छ ।
कार्यगत एकताका लागि पहल गर्ने तथा वार्ता गर्न गठन गरिएको दुईटै मोर्चाका कार्यदलले आज छलफल गरेको छ । छलफलले भोली कार्यगत एकताको घोषणा गर्ने निर्णय गरेको छ ।
दुवै मोर्चाको मुद्दा र एजेण्डा मिल्दो जुल्दो भएका कारणले आन्दोलनलाई अझ सशक्त र मर्यादित बनाउनका लागि कार्यगत एकता हुने भएको सद्भावना पार्टीका महासचिव मनिष सुमनले बताउनुभयो । आज दुवै मोर्चाको कार्यदलको बैठक बस्यो र बैठकमा हरेक विषयमा छलफल भयो एक अर्काको मुद्दा र  एजेण्डामा छलफल भयो । मुद्दा र एजेण्डा मिल्दो जुल्दा र राजनीतिकको उद्देश्य एउटै भएको कारण कार्यगत एकता गर्ने सहमति भएको सुमनले बताउनुभयो ।
तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले आन्दोलनसम्मका लागि मात्र कार्यगत एकता हुने भएको छ, आन्दोलन भएपछि के गर्ने नगर्ने बारेमा पछि छलफल हुने, अहिलेलाई यी दुई मोर्चाबीच कार्यगत एकता मात्र हुने बताए ।
गच्छदार नेतृत्वको मोर्चाको कार्यदलमा रामजनम चौधरी, सीपी सिह र केशव झा रहेका छन् भने संयुक्त लोकतान्त्रिक मोर्चाको कार्यदलमा फोरम नेपालका राजेन्द्र श्रेष्ठ, सद्भावना पार्टीका मनिष सुमन, तराई मधेश सद्भावना पार्टीका रामनरेश राय यादव र तमलोपाका गोविन्द चौधरी रहेका छन् ।
यसै बीच आज दुई मोर्चाका शीर्षस्थबीच नेताहरु अनौपचारिक छलफल भएको छ । छलफमा मधेशी मोर्चाको तर्फबाट सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, उपाध्यक्ष ह्रदयश त्रिपाठी हुनुहुन्थ्यो भने गच्छदारसँग राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत् सिह भण्डारी र मधेशी जनअधिकार फोरम नेपाल गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवको पनि हुनुहुन्थ्यो  ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..