» » चिनीले भरिएको तीन ट्रकमा आगजानी, पुर्णरुपमा ध्वस्त


बारा, भदौ  २६ गते । बारा जिल्लाको कलैया–पलुवाहा सडक खण्डको मनोहरवामा बन्दकर्ताहरुले तीन वटा मालबाहक ट्रकमा आगजानी गरिएको छ । कलैयाको रिलायन्स चिनी मिलबाट चिनी लिएर काठमाडौ आउँदै गरेका तीन वटा ट्रक मनोहरवा–५ मा बन्दकर्ताले आगजानी गरिएको छ ।
आगजनीबाट ना ५ ख २९९५ नम्बरको र ना ५ ख ५७६१ नम्बरको ट्रक पूर्ण रुपमा ध्वस्त भएको इलाका प्रहरी कार्यालय कलैयाले जनाएको छ । ना ४ ख २९२७ नम्बरको ट्रकमा लगाइएको आगो भने कलैयाबाट गएको दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएकोले कम क्षति भएको प्रहरीले जनाएको छ ।
दुई वटा ट्रकमा रहेको ८ सय २० बोरा चिनी पूरै ध्वस्त भएको प्रहरीले जानकारी दिएको छ । विहान ३ बजेतिर बन्दकर्ताहरुले काठमाडौतर्फबाट आएको मालबाहक ट्रकमा आगो लगाएर भागेका थिए । तराईका विभिन्न ठाउँबाट सवारी साधान तथा मालबाहक गाडीलाई प्रहरीले स्कर्टिङ गरेर लैजाने गरिए पनि ती ट्रकले आफूहरुसँग समन्वय नगरी जाँदा क्षति भएको प्रहरी जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..