» » प्रधानमन्त्रीलाई महन्थ ठाकुरको करारा जवाफ


काठमाडौ असोज ५ गते । ‘लगनपछिको पोतेको के काम’ सायद प्रधानमन्त्री सुशिल कोइरालालाई यो कुरा थाह छैन तमलोपाका एक युवा नेताले आज यस्तो भन्यो ।
 किन हो यस्तो सोध्दा उनले भने, प्रधानमन्त्री सुशिल कोइराला आज आफै तमलोपा कार्यालयमा आएर पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेका छन् सायद यसअघि प्रधानमन्त्री कोइरालाले यस्तै सक्रियता देखाएको भए आज यस्तो अवस्था हुने थिएन ।
सविधान जारी भइसकेको छ नेपालको आधाभन्दा बढी जनसँख्याले त्यो सविधानलाई जलाई सकेको छ । अस्वीकार गरिसकेको छ । अब नयाँ ढंगबाट आन्दोलन गर्ने, त्यसको तयारीमा मधेशवादी दल जुटेको बेला प्रधानमन्त्री कोइराला घर घर गएर छलफल गरौं भनिरहेका छन् ।’

भोली अमेरिका उड्ने प्रधानमन्त्री कोइराला आज मधेशवादी दलसँग वार्ता गर्ने भन्दै दौडधुपमा लागेका छन् तर मधेशवादी दलले अब वार्ता हुँदैन भनि कडा जवाफ दिएका छन् । तमलोपाका अध्यक्ष ठाकुरले प्रधानमन्त्री कोइरालालाई अब समय धेरै अगाडि गईसकेको छ अब यही अवस्थामा वार्ता हुँदैन । नयाँ ढंगबाट वार्ता हुने जवाफ दिएको पार्टी स्रोतले जनाएको छ ।

जुनबेला वार्ताको आवश्यकता थियो त्यो बेला तपाईहरु जबर्जस्ती सविधान निर्माणको प्रकृयालाई अगाडि बढाउनु भयो । सविधान पनि जारी गर्नुभयो अब वार्ताको केही आवश्यकता छैन प्रधानमन्त्रीलाई भन्दै अध्यक्ष ठाकुरले आज मधेशी मोर्चाको बैठक छ सप्तरीमा, बैठकमा यी सबै कुरामाथि छलफल हुन्छ त्यसपछि वार्तालाई कुन ढंगबाट अगाडि बढाउने भनि जानकारी दिने जवाफ प्रधानमन्त्रीलाई दिएको पार्टी स्रोतले जनाएको छ ।
प्रधानमन्त्री सुशिल कोइरालाको चासो अरु कुनै कारणले होइन भारतको कारणले बढेको पनि विश्लेषण भइरहेको छ ।

भारतले सबैलाई सहमति लिएर मात्र सविधान जारी गर भन्दा भन्दै बहुमतको आधारमा सविधान जारी गरेका छन् र त्यसले गर्दा भारतले चित्त दुखाउँदै हिजो प्रधानमन्त्री कोइरालालाई थ्रेट दिएको छ कि तराई मधेशमा भइरहेको आन्दोलनले आफ्नो देशको सिमावर्ती क्षेत्रमा सुरक्षा सुनौति बढेको छ र यसलाई तत्कालै समाधान नगरे नाकाबन्दी गर्ने चेतावनी दिएका छन् । र आजदेखि भारतले तराई मधेशका सिमावर्ती क्षेत्रमा सुरक्षा अवस्था कडा पारेको छ ।

प्रधानमन्त्री कोइरालासँग गएका कानुन मन्त्री नरहरी आचार्य, वन मन्त्री महेश आचार्य र नेता आनन्द ढुगांना छलफलमा सहभागि थिएन । कोइराला र ठाकुरबीच गोप्य कोठामा छलफल भएको थियो । पार्टी कार्यालयमा रहेका ह्रदयश त्रिपाठी पनि बाहिर बसेका थिए ।

प्रधानमन्त्री कोइरालाले अहिले मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग उनकै पार्टी कार्यालयमा छलफल गरिरहेका छन् ।

सविधान जारी भइसकेपछि अबको आन्दोलनलाई कसरी अगाडि बढाउने विषयमा छलफल गर्न आज मधेशी मोर्चाको बैठक सप्तरीमा बस्ने भएको छ । बैठकलागि सबै नेता सप्तरी जान लागेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..