» » आन्दोलनले गर्दा उद्योगमा मजदुरलाई तलब खुवाउन समस्या


सुनसरी भदौ २२ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको तीन सातादेखिको बन्दका कारण मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा प्रभाव परेको छ । सो उद्योगहरुमा कार्यरत कामदारलाई तलब खुवाउन समस्या भएको बताइएको छ ।
उद्योगधन्दा बन्द हुँदा कारोबार ठप्प भएको र कामदारलाई तलब खुवाउन समस्या भएको उद्योग सङ्गठन सुनसरीले जनाएको छ । उद्योगबाट उत्पादित वस्तु निर्यात हुन सकेको छैन । भारतबाट आयात गरिएको वस्तुहरू यातायात बन्दले गर्दा भन्सार नाकामै थन्किएर बसेकाले मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रका उद्योगहरू ठप्प भएको छ ।
करिडोरमा करिब पाँच सय उद्योग सञ्चालित छन् । ती उद्योगमा करिब एक लाख कामदार कार्यरत रहेका छन् । थरुहट समर्थक बन्दकर्ताहरुले बन्दको अवज्ञा गरी उद्योग सँचालनमा ल्याएको भन्दै सुनरीको खनारमा रहेको रिलायन्स स्पिनिङ मिल्समा प्रदर्शन गरेका छन् ।
बन्दकर्ताले उद्योगको मुख्य गेटमै पुगेर बन्दको अवज्ञा गर्ने उद्योगीलाई चेतावती समेत दिएका छन । बन्दकर्ताले उद्योगभित्र काम गरिरहेका मजदुरहरूलाई वाहिर निकाल्न नारावाजि गरे पछि तनाव शिर्जना भएको थियो । पछि अवस्थालाई नियन्त्रणमा लिन नेपाल प्रहरी र शसस्त्र प्रहरीले उद्योग क्षेत्रमा कडा  सुरक्षा प्रदान गर्दै आएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..