» » संविधान जारी हुनैवितिकैँ संसारै भरि जलाइयो


काठमाडौं, आश्विन ३ गते । नेपालको संविधान २०७२ राष्ट्रपति डा. रामबरण यादवले जारी गरेकको केही घण्टा वित्न नपाउँदै मधेश, थरुहट लगायत देशको विभिन्न भागमा संविधानको पुर्ण विरोध गर्दै आगो लगाइ जलाएका छन् ।
मधेशी र थारुहरु विश्व भरी छरिएर रहेका आदिवासी जनजाती लगायतका समुदायले नयाँ संविधान २०७२ मा आफ्नो हक अधिकार स्थापित नभएको भन्दै विश्वव्यापी रपमा नै जलाएका छन् ।
नेपाल भरिका जनता जलाए पनि नेपाल बाहिर बस्ने, भारत, लण्डन, अमेरिका, जर्मन ,क्यानाडा लगायतका रहेका मधेशी समुदाय सामुहिक रुपमा सार्वजनिक ठाँउमा जम्मा भई जारी संविधानको प्रतिलिपी जलाएका छन् ।
त्यस्तै, संविधान जारी भएको घोषणा हुन नपाउँदै काठमाडौंमा रहेका मधेशी अधिवक्ताहरुले नेपाल बार एशोसिएसनको प्राङणभित्र संविधान प्रति जलाएर संविधानको विरोध गरेका छन् । विभिन्न राजनीतिक दल आबद्ध संगठन तथा व्यक्तिहरुले पनि संविधान जलाएर विरोध गरेका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..