» » भैरहवाबाट लक्ष्मण थारु प्रक्राउ, सोधपुछ गरिदैँ

भैरहवा, भदौ २३ ।  मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीको टीकापुरमा सुरक्षाकर्मी मारिएको घटनामा संलग्न भएको आरोपमा बुधबार बिहान भैरहवाबाट प्रहरीले नियन्त्रणमा लिएका थारुलाई कैलालीको टीकापुर घटनाबारे सोधपुछ गर्न लागीएको प्रहरीले जनाएको छ ।
थारुलाई कैलाली प्रहरीको अनुरोधमा भैरहवा प्रहरीले नियन्त्रणमा लिएर कैलाली चलान गरिएको स्रोतको भनाइ छ । उनी बुधबार भैरहवाको एयरपोर्ट चोकमा थरुहट र आन्दोलनरत मधेसी मोर्चाले आयोजना गरेको आमसभामा सम्बोधनको लागि भैरहवा पुगेका थिए । भैरहवास्थित फोरम लोकतान्त्रिकको कार्यालयबाटै थारुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई टीकापुर पुर्‍याएर थप सोधपुछ र अनुसन्धान गरिने प्रहरीले जानकारी दिएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..