» » मधेशी अधिकारकर्मीको दवाव बढ्दो


काठमाडौ भदौ २५ गते । राजधानीमा रहेका मधेशी अधिकारकर्मी तथा पत्रकारहरुले तराई मधेशमा आन्दोलनरत पक्षलाई सम्बोधन गर्न विभिन्न खाले दवावमूलक कार्यक्रमहरु गरिरहेका छन् । उनीहरु हिजो संयुक्त राष्ट्र संघको कार्यालय अगाडि धर्ना दिएका थिए भने आज राष्ट्रपति कार्यालयका अगाडि धर्ना दिएका छन् । आजै उनीहरुले राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई भेटेर मधेशमा भइरहेको आन्दोलन र त्यसमाथि प्रहरीको दमनबारे जानकारी गराएका थिए ।
आयोगले त्यहाँ भइरहेको आन्दोलनको बारेमा अनुसन्धान गरी छानविन गर्नुपर्ने, प्रहरीको दमन तत्कालै रोक्नुपर्ने, िदोषीमाथि कारवाही गर्नुपर्ने लगायका विषयमा आयोगका अध्यक्षलाई जानकारी गराएको अधिकारकर्मी विजयकान्त कर्णले बताए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..