» » भट्टराईको राजिनामालाई मोर्चाद्धारा स्वागत


काठमाडौ असोज १० गते । एमाओवादीका नेता डा.बाबुराम भट्टराईले दिएको पार्टी र संसदबाट दिएको राजिनामालाई सोही पार्टीका भातृसंगठन मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल (क्रान्तकारी) ले स्वागत गरेको छ ।
मोर्चाले हिजो एक विज्ञप्ति जारी गरी नेता भट्टराईले दिएको राजिनामालाई भूचालो सज्ञा दिँदै भनिएको छ, नेपालको संविधान–२०७२ अस्तित्वमा आएको एक साता नवित्दै मुलुकमा ठूलो राजनीतिक भूइचालो गएको छ । आज ३ वजेर १३ मिनटमा गएको यो भूइचालोले सिंगो नेपाली राजनीति परिदृश्यलाई हल्लाई दिएको छ । उलटफेर गरिदिएको छ । यसका लागि यो हेरफेरका नायक डा. बाबुराम भट्टराईलाई हामी ह्दयदेखि साधुवाद दिन चाहन्छु ।’
   मोर्चाका अध्यक्ष रामकुमार शर्मा र महासचिव रामरिझन यादवले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, विगत डेढ महिनादेखि मधेश जलिरहेको अवस्थामा कुनैपनि पहाडी समुदायका नेता मधेश झरेर मधेशी जनताको घाउमा मलहमपट्टी लगाउन हिम्मत गरेका थिएनन् । यस क्रममा डा. भट्टराई हिजो (भदौ ८ गते) मात्र जनकपुर आउन चाहनु भएको थियो । तर संविधान निर्माण गर्दा मधेशीको हक अधिकारको प्रत्यभूति भएन भनेर जनताले विरोध गरेपछि उहाँ जनकपुर आर्लिन सक्नु भएन ।  यसको  भोलिपल्ट  आज उहाँले पार्टीको सधारण सदस्यवाट मात्र होइन व्यवस्थापिका संसदको पदवाट समेत राजिनामा दिनु मधेशी जनताको लागि सुखद संयोग रहेको तथ्य सावित भएको छ ।’
 मधेश जलिरहेको अवस्थामा अध्यक्ष प्रचण्डको एकल निर्णयवाट पार्टीले दीपावली  मनाएको विषयलाई पनि मोर्चाले विरोध गरेको छ । पार्टीले दीपावली मनाएको प्रति मोर्चाले पनि असन्तुष्टि जनाएको छ । डा.भट्टराई जनकपुर गएर नै राजिनामा दिने तयारीमा हुनुहुन्थयो तर जनकपुर जान नसकेको कारण यहाँबाट राजिनामा दिनुभएको मोर्चाले जनाएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..