» » विश्वकै होचाँ व्यक्ति डाँगीको उपचारको क्रममा निधन

काठमाडौं, भदौ १८ गते । विश्वकै होचा व्यक्तिका रुपमा गिनिज बुक अफ दि वल्र्ड रेकर्डमा नाम लेखाएका नेपालका चन्द्रबहादुर डाँगीको निधन भएको छ ।
अमेरिका भ्रमणमा रहेको उनको उपचारका क्रममा निधन भएको हो । अमेरिकाको ल्याण्डन बी जोहन्सन ट्रपिकल मेडिकल सेन्टरमा उपचारका क्रममा उनको शुक्रबार निधन भएको हो ।
१९९६ मंसिर १५ मा दाङमा जन्मिएका डाँगीले २०६८ फागुन १४ गते विश्वकै होचा व्यक्तिको प्रमाण पत्र पाएका थिए । उनको उचाई १ फिट साढे नौं इन्च अर्थात ५४. ६ सेन्टिमिटर थियो ।
उनको तौल १५ किलो मात्र थियो । मृत्युपछि पनि चन्द्रबहादुरको नाम अहिलेसम्म भेटिएका होचा व्यक्तिको रुपमा गिनिज बुकमा रहेछ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..