» » राती एक्लै हिँड्नेलाई साथ दिने एप

रातबिरात बाहिर हिँड्ने बाध्यता भएकाहरुका लागि एउटा उपयोगी एप निर्माण भएको छ । अमेरिकाको युनिभर्सिटी अफ मिचिगनका पाँच विद्यार्थीहरुले बनाएको ‘कम्पानियन्’ एपले छोटो समयमा लोकप्रियता कमाइसकेको छ ।
यो प्रयोगकर्तालाई राति बाहिर हिँड्दा कुनै साथी वा परिवारको सदस्यले ‘भर्चुअल रुपमा’ साथ दिन र जिपिएस मार्फत उनीहरुलाई पछ्याउन सक्छन् । एन्ड्रोइड र आइओएस दुवैमा यसले काम गर्छ । साथी वा परिवारको सदस्यले कम्पानियन एप इन्सटल गरेको हुनु पर्दैन ।
आफूलाई साथ दिनका लागि प्रयोगकर्ताले थुप्रै फोन कन्ट्याक्टहरुमा धेरै रिक्वेस्ट पठाउन सक्छ । उनीहरु सबैले एसएमएस म्यासेज प्राप्त गर्छन् जसमा राखिएको लिंकमा थिच्दा एउटा वेव पेज खुल्छ । सो पेजमा अन्तरक्रियात्मक नक्सा हुन्छ, जसले प्रयोगकर्तालाई गन्तव्यतर्फ हिँडिरहेको देखाउँछ । प्रयोगकर्ताले यदि बाटो भुल्यो, लड्यो, धकेलियो, दौडिन थाल्यो वा फोनबाट हेडफोन खुस्कियो भने एपले थाहा पाउँछ र प्रयोगकर्तालाई आर यू ओके भनेर सोध्छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..