» » राजेन्द्र महतोले भने, ठाकुर र यादव चाकरी गर्न काठमाडौ गए

काठमाडौ भदौ १७ गते । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तराई मधेशमा जारी आन्दोलन छाडेर काठमाडौ आएका संघीय समाजवादी फोरम नेपाल र तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको विरोध गरेपनि मधेशी मोर्चाकै एक घटक तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवको बारेमा च्युइँ बोलेका छैनन् ।
यादव र ठाकुर जस्तै महेन्द्र यादव पनि दुई दिनदेखि काठमाडौमा छन् तर सद्भावना पार्टीका अध्यक्ष महतोले यादवको बारेमा चर्चा समेत नगरिकन् महन्थ ठाकुर र उपेन्द्र यादव आन्दोलन छाडेर वार्ताका लागि काठमाडौ गएको आरोप लगाई रहेका छन् । जानकारहरु बताउँछन् महेन्द्र यादवले राजेन्द्र महतोलाई चुनावमा हराएपनि उनले महेन्द्र यादवभन्दा पनि उपेन्द्र यादव र महन्थ ठाकुरबाट राजनीतिक रुपले असुरक्षित ठान्छन् ।
उनले सविधानसभाबाट राजिनामा दिएर गएपनि मधेशमा खासै चर्चा नपाएको कारण उनले चिढिएको तमलोपाका एक नेताले बताए । तमलोपाका एक नेताले भने, उहाँले सविधानसभाबाट राजिनामा दिएर आफ्नो पार्टी कार्यालय समेत लिएर मधेश जानु भएको छ, उहाँका सबै काम अब मधेशबाट नै हुन्छन् तर हाम्रो पार्टी सविधानसभा पनि छँदैछन् र पार्टी कार्यालय पनि काठमाडौमै भएका कारणले विभिन्न कामका लागि काठमाडौ आउनु, जानु परेको छ त्यसमा महतोजीलाई टाउको दुखाई किन भयो ।
ती नेताले भने, हाम्रा अध्यक्ष काठमाडौ आएपनि पार्टीका सबै कार्यकर्ता र नेताहरु सडकमै छन् । काठमाडौ आएर कसैसँग वार्ता गरेको छैन तर राजेन्द्र महतोले गलत अफवाह फैलाएर मधेशी मोर्चालाई बदनाम गराउने प्रयास गर्नुभएको छ ।
अध्यक्ष महतोले आजै नवलपरासीमा पत्रकार सम्मेलन गरी ठाकुर र यादव चाकडी गर्नका लागि काठमाडौं गएको आरोप लगाएका छन् । अध्यक्ष महतोले नेताद्वयलाई काठमाडौंको मोह त्याग्न पनि आग्रह गर्दै आन्दोलन चलिरहँदा ठाकुर र यादव काठमाडौं जानुलाई चाकडी सिवाय अरु केही नुहने जिकिर गरे ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..