» » महोतरीमा डकैतवाट लाखौँ लाखको लुटपाट

महोत्तरी,आश्विन ५ गते । महोत्तरी जिल्लाको गौशालामा गएराती हतियारधारी अज्ञात समुहहरुले लाखौको लूटपाट गरेको छ ।
मंगलवार राति १२ बजेको गौशाला नगरपालिका ८ का गणेश मोहन साहको घरमा २० जनाको समुहमा आएको हातहतियार समुहले कुटपिट गदै २५ लाख बराबरको लुटपाट गरेको हो । उमा सेलर मिलको संचालनक समेत रहेको साह घर पछाडीकोे पर्खाल तोडी भित्र प्रवेश गरि ती समुहले सुन र चाँदी गरि १० तोला, २ वण्डल रिचार्ज, साढे ३ लाख नगद लुटपाट गरेको पिडीत उमा साहले बताउनुभयो ।
नाकावधारी उक्त डकैत समुहले घरभित्रै २ राउण्ड फायर समेत गरेको पिडित गणेश मोहनले बताए । पिडीत साहको अनुसार प्रहरी समयमा नआएकोले डाकाहरु लुटपाट गर्न सफल भएको गुणासो गरे । डाँकाहरु घर भित्र प्रवेश गर्ना साथ निजका छोरा ३ बर्षिय कृष कुमारलाई नियन्त्रणमा लिई पेस्तोल तेर्साएर लुटपाट गरेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
घटनास्थलबाट ९ एमएमको गोलीको खोका फेला परेको प्रहरी निरीक्षक मच्छिन्द्रबाबु केसीले जानकारी दिनुभयो । यता घटनाको बारेमा थप अनुसन्धान भईरहेको र उक्त समुहको खोजी कार्य भईरहेको प्रहरी निरीक्षक केसीले बताउनुभयो । टुडेखवर

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

1 comments:

  1. प्रहरी चौकी ध्वस्त पार्ने, प्रहरीलाई घेरेर मार्नै, प्रहरीको आत्मसम्मान र गौरवमा धक्का पुर्याउने आदि गरेर तराईका धेरै ठाउँमा प्रहरीको मनोबल गिराउने कामको परिणाम । यसबाट डाँकाहरुको मनोबल बढेको देखियो ।

    ReplyDelete

..