» » नेपालमा ८१ प्रतिशत साक्षर रहेको तथ्याङ्ग सार्वजनिक

काठमाडौं, भदौ १८ गते । मनत्री परिषदले देशभरिमा १५ देखि ६० वर्ष उमेर समूहका दुई लाख ८३ हजार नौ सय १३ निरक्षर बाँकी रहेको तथ्यांक सार्वजनिक गरेको छ । केन्द्रले सार्वजनिक गरेको तथ्यांकमध्ये सबैभन्दा बढी निरक्षर तराईका आठ जिल्लामा देखाइएको छ ।

तथ्यांकअनुसार तराईको सर्लाहीमा ३५ हजार तीन सय १९, महोत्तरीमा ४० हजार तीनसय तीन, धनुषामा १० हजार ६ सय ७८, बारामा चार हजार नौ सय १५, पर्सामा नौ हजार एक सय पाँच र रौतहटमा ६ हजार एक सय ९० जना निरक्षर रहेको नेपाल समाचारपत्रमा खबर छ । 

जनसंख्याको आधारमा हुम्लामा २२.८ प्रतिशत, महोत्तरीमा २०.४ प्रतिशत, डोटी र रसुवामा १९.३, रोल्पामा १८.३ प्रतिशत र रुकुममा १७.७ प्रतिशत निरक्षर छन् । यो संख्या कुल जनसंख्याको साढे सात प्रतिसत हो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..