» » प्रचण्डले भने, सिमांकनबाहेक मधेशी र थारुको सबै माग पुरा भएको हो

काठमाडौ असोज २ गते । एमाओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले सिमांकनबाहेक मधेशी तथा थारुको सबै माग पूरा भएको बताएका छन् । वार्ताका आह्वान गर्दै तीन दलले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले समावेशी समानुपातिक, जनसँख्याको आधारमा निर्वाचण क्षेत्रलगायतका विषय यो नयाँ सविधानमा आएको उनले उनीहरुले उठाएको मागमध्ये सिमांकनमा केही नमिलेका र वार्तामार्फत त्यसलाई टुग्यांउन सकिने बताए ।
उनले भने, सिमांकन मिलेको छैन यो सही कुरा हो तर त्यसलाई संघीय आयोगमार्फत मिलाएर छिट्टै सविधान संशोधन गरेर त्यसलाई मिलाउँछौ । मधेशी मोर्चाका नेताहरु जति छिटो संवादमा आउँछन् त्यति नै छिटो सविधान संशोधन हुनेछ ।’
सिमांकनको विषय यस्तो विषय हो कि एक पटकमा समाधान गर्न सकिदैन, उनले भारतको उदारहरण दिँदै भने, भारतमा पहिला १३ प्रदेश थियो अहिले कति भयो हेर्नुस् । पछि सात प्रदेशबाट घटन पनि सक्छ र बढ्न सक्छ । त्यसैले वार्ता गरौ समस्याका समाधान गरौं ।’
सिमांकनको कुरा थारुहरुका लागि संवेदनशिल रहेको बताउँदै त्यसलाई पनि वार्ताको माफर्त चाँडै टुग्याउने उनले बताए । उनले मधेशी तथा थारुहरुले आफूहरुको कुनै माग पूरा भएन भन्नु गलत भएको बताउँदै मधेशी आयोग, थारु आयोग, मस्लिम आयोग, जनजाति आयोग बन्नु उनीहरुका लागि धेरै नै उपलब्धि मुलक भएको बताए ।
उनले भने, यो अवसर पटक पटक आउँदैन । यो ऐतिहासिक अवसरमा सबै सहभागि होऔं । नमिलेको कुरा पछि पनि मिलाउँदै जानेछौ ।’ सिमांकन जस्तो सानो कुरामा पनि विरोध गर्नु राम्रो नभएको बताउँदै उनले पुरैको पुरै विरोध गर्ने संघीयता लोकतान्त्रिक पक्षधर हुन नसक्ने पनि आरोप लगाए । उनले तीन दलमा पनि सबै कुरा मिलेको छैन धेरै कुरामा नोट अफ डिसेन्ट लेखेका छौ, उनले भने, समस्याका समाधान वार्ता र छलफलबाट समाधान गरौं ।’

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..