» » अज्ञात समुहद्धारा श्रीराम सुगरमिलको चार गाडीमा आगजानी

रौतहट, भदौ १८ गते । रौतहटको गरुडास्थित श्रीराम सुगर मिलमा अज्ञात समुहले गए राति चारवटा सवारी साधनमा आगजनी गरेका छन् ।
अज्ञात समुहले अनुहारमा नकाव लगाएर आएका १५र२० जनाको समुहले मिलको पार्किङमा राखिएको बा१०च ५०८० नम्बरको स्कोरपियो, ना२च ६५०१ नम्बरको बोलेरो, को१च ७१९६ नम्बरको कार र बा२९प ५०२३ नम्बरको मोटरसाइकलमा आगजनी गरेको हो ।
अज्ञात समुहले प्रवेश गरि त्यहाको सुरक्षा गार्ड डोरप्रसाद घिमिरे र खेलबहादुर फुयाँललाई नियन्त्रणमा लिएर उनीहरुले सवारी साधनमा आगजनी गरेको प्रहरीले जनाएको छ । गत वर्ष पनि सो मिलका दुईवटा गाडीमा आगजनी भएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..