» » सप्तरीमा झडप, कांग्रेस कार्यालयमा आन्दोलनकारी द्धारा आगजानी

सप्तरी,भदौ २७ गते । सप्तरीको रुपनीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

प्रहरी र आन्दोलनकारी बीच झडप हुँदा प्रहरीले केही अश्रु ग्यास र गोली समेत फायर गरेका छन् । आक्रोशित आन्दोलनकारीहरुले र मोर्चाका कार्यकर्ताहरुले राजविराजमा रहेको नेपाली काँग्रेस पार्टीको कार्यालयमा आगजनी गरेको छ । 

हटिया नजिकै रहेको कांग्रेसका  कार्यालयमा आगजनी भएपछि प्रहरीले गरेको अश्रु ग्यास प्रहारले भागदौड मच्चिएको छ । अहिले  दुबै ठाउँको स्थिती तनाव ग्रस्त छ । त्यस्तै प्रहरी रुपनीबाट आन्दोलनकारी मोर्चाका पाँच जना नेता पक्राउ गरेका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..