» » आन्दोलनकारी घाइते, फोरम लोकतान्त्रिक अध्यक्षको घरमा प्रहीरद्धारा छापामार

जनकपुर, भदौ १ गते । प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा यहाँ  आज केही आन्दोलनकारी घाइते भएका छन् ।

घाइतेमध्ये सुजितकुमार साहको अवस्था चिन्ताजनक भएकाले उनलाई उपचारका लागि बाहिर लगिएको छ । अन्य घाइतेको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै अत्याधिक सङ्ख्यामा रहेका आन्दोलनकारीले जनकपुरको रेल्वे स्टेसन एरियामा रहेको वडा प्रहरी कार्यालयमा ढुङ्गामुढा गर्दा प्रहरीले भिड तितरवितर गर्नका लागि पाँच दर्जनभन्दा बढी अश्रु ग्यास प्रहार गरेको छ ।

बिहान ११ बजेदेखि राति अबेरसम्म प्रहरी र आन्दोलनकारीवीच भिडन्त भइरहेकाले सो क्षेत्र तनावग्रस्त रहेको थियो । घाइते मानवअधिकारकर्मीलाई रेडक्रस सोसाइटी जनकपुरको एम्बुलेन्सले उद्धार गरी अस्पतालतर्फ लगिरहेको बेलामा आन्दोलनकारीले प्रहरीको मान्छे बोकेको भन्दै ढुङ्गामुढा गर्दा एम्बुलेन्सको पछाडितर्फको झ्यालको सिसा चर्किएको छ ।

आन्दोलनकारीको एक समूहले सभासद् रामकृष्ण यादवका घरमा आगो लगाउने प्रयास गर्दा उहाँको भानु चोकस्थितको घरको पर्खाल सामान्य जलेको छ ।

यसैक्रममा मधेसी जनअधिकार फोरम नेपाल९लोकतान्त्रिक० धनुषाका अध्यक्ष उमाशङ्कर अरगरियाका घरमा प्रहरीले छापा मारी त्यहाँका सामग्री तोडफोड गरेको अरगरियाले बताउनुभयो । उहाँका अनुसार प्रहरीले घरमा पसेर महिलालाई कुटपिट गरेको, झ्यालको सिसा र घरभित्र पसेर तरकारी फालेको र फ्रिज तथा कुर्सीमा समेत लाठी प्रहार गरेको छ । अरगरियाले प्रहरी दमन तत्काल बन्द गर्न अनुरोध गर्नुभएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..