» » पेट्रोल र डिजेलको मूल्य घट्यो


काठमाडौँ, भदोैँ १५ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोलमा साढे २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २–२ रुपैयाँ घटाएको प्रवक्ता दीपक बरालले जानकारी दिए ।

मूल्य घटेसँगै पेट्रोल १०४ तथा मट्टितेल र डिजेल ८२–८२ रुपैयाँ कायम भएको छ । ग्यासमा पनि ३५ रुपैयाँ घटाएर १४ सय बनाइएको छ ।

बरालले आईओसीले पनि मंगलबार नै नयाँ मूल्य सूची पठाएको जानकारी दिए ।

प्रवक्ता बरालका अनुसार मूल्य घटाए पनि निगमले १५ दिनमा ८७ करोड रुपैयाँ नाफा कमाइरहेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..