» » विवाह समारोहमा हवाइ आक्रमण, २८ जनाको मृत्यु,दर्जनौ घाइते

एजेन्सी -यमन_,  असोज ११ गते । सिया विद्रोहीलाई निशाना बनाई साउदी अरब नेतृत्वको संयुक्त सुरक्षाफौजको आक्रमणमा परी २८ जनाको मृत्यु भएको यमनी सुरक्षा अधिकारीले बताएका छन् । उक्त कारबाहीमा दर्जनौँ अरू मानिस घाइते भएको पनि बताइएको छ ।

यमनलाई टुक्र्याउने गरी भएको द्वन्द्वमा तटस्थ भूमिका निर्वाह गरेको बताउँदै केही सुरक्षा अधिकारीले सोमबार अलबाहगामा विवाहको एक समारोहमा गरिएका हवाई आक्रमणबाट ठूलो सङ्ख्यामा हताहती भएको बताए ।

यसैबीच, सुरक्षा कारबाहीमा संलग्न एक उच्च अधिकारीले भने सेनाले विवाह समारोहमा आक्रमण नगरेको तर गलत निशाना लाग्दा उक्त दुःखद घटना हुन पुगेको बताए ।

सिया हुठी समूहद्वारा सञ्चालित विद्रोहलाई दबाउन साउदी पक्षधर तथा अन्तर्रा्ष्ट्रिय समर्थन प्राप्त गरेको यमनी सरकारबीच गएको मार्चदेखि द्वन्द्व हुँदै आइरहेको छ ।

द्वन्द्वमा करिब दुई हजार एक सय नागरिकको मृत्यु भइसकेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ । रासस÷एपी

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..