» » महोतरीको ६ जना शहिदको शबयात्रामा हजारौँको सहभागिता

महोतरी, भदौ २९ गते । एक महिना भन्दा लामो समयदेखी जारी मधेसी मोर्चाको आन्दोलनको क्रममा प्रहरीको गोली लागेर मारिएका ६ जनाको आज एक सप्ताह पछि शव यात्रा पश्चात दाहसंस्कार गर्ने स्थानीय प्रशासन र आन्दोलनरत मधेसी मोर्चाबीच सहमति भएको छ । 

प्रशासनले सुरक्षा स्थितिलाई ध्यानमा राख्दै जलेश्वर अस्पतालबाट शव जुलुस निकालेर जिरोमाईल, बस स्ट्यान्ड चोक, खैरा चोक, साहुजी टोल हुँदै शंकर चोक निकस्ने र त्यहाँबाट नगरपालिका चोक पुगेर शव यात्रा सम्पन्न हुनेछ । त्यसपछि मृतकहरुको शव आ आफना गाउँमा लगेर हिन्दू परम्पराअनुसार दाहसंस्कार गर्न अनुमति दिएको हो । 


सहमति भएलगतै शव यात्राको तयारी सुरु भइ शब यात्रा निकालेर परिक्रमा गराइरहेको मोर्चाका नेताहरुले बताएको छ । मंगलबार बिहान स्थानीय प्रशासनले जनजीवन सामान्य पार्न र शवको दाहसंस्कार गर्न आवश्यक वातावरण बनाउन बिहान ६ बजेदेखि साढे ९ बजेसम्मका लागि कर्फ्यू खुकुलो पारिएको समयमा मोर्चासँग शव यात्रा निकाल्न सहमति भएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..