» » यौनदुव्र्यवहार गरेको शिक्षकलाई ११ वर्ष कैद सजाय

फलेवास (पर्वत), ११ असोज । आफ्नै विद्यार्थीलाई करणी तथा यौन दुव्र्यवहार गरेको आरोप लागेका तिलहार गाविस–९ थामार्जुङस्थित ज्ञानेन्द्र प्राविका प्रअ बमबहादुर खत्रीलाई ११ वर्ष कैद सजाय सुनाइएको छ ।

जिल्ला न्यायाधीश मोहनराज भट्टराईको एकल इजलासले आज खत्रीलाई कैद सजाय तथा पीडित बालिकालाई रु ५० हजारका दरले क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

प्रधानाध्यापक खत्रीले आफ्नै विद्यालयमा अध्ययनरत छ, सात, र नौ वर्षका तीन बालिकालाई करणी तथा अप्राकृतिक यौन दुव्र्यवहार गरेको भन्दै प्रहरीले गत असार १८ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । खत्री सोही अभियोगमा पुर्पक्षका लागि थुनामा थिए ।

खत्रीले पढाउने समयमा विद्यार्थीलाई एकान्तमा बोलाएर अप्राकृतिक मैथुन गराउन लगाउनेलगायतका दुव्र्यवहार गर्दै आएको भन्दै बालिकाका अभिभावकले प्रहरीमा उजुरी गरेका थिए । रासस

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..