» » तमलोपाको सहमहामन्त्री सोनल पक्राउ, गौर समातिएकामाथि मुद्दा दायर

वीरगन्ज, भदौ २९ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको पर्सा बाराले आज निकालेको मोटरसाईकल जुलुसमा सहभागि तराई मधेश लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनल र केन्द्रीय सदस्य नवलकिशोर सिहलाई प्रहरीले पक्राउ गरेको छ ।

तर प्रहरीले बाराको वीरगज(पथलैया करिडोरको लिपनी( ८ मा रहेको कवरा दाल उद्योगमा तोडफोड तथा आगजनी गरेको आरोप लगाएका छन् ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक पुरुषोत्तम ढकालले कपडा पसलमा आगजनी गरेर अर्को स्थानमा तोडफोड गर्न हिडेको अवस्थामा सोनललाई पक्राउ गरिएको बताए ।
सोनल र सिंहलाई अहिले इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखिएको छ ।

मोर्चाले परवानीपुरबाट निकालेको मोटरसाईकल जुलुसमा बारा प्रहरीले वीरगन्ज पथलैया सडकखण्ड अन्तरगत बाराको नितनपुरमा घेरा गरी जुलुसमा सहभागिमाथि लाठी चार्ज पनि गरेको थियो । प्रहरीको लाठी चार्जबाट करिब एकदर्जन भन्दा बढी मोर्चाका नेता कार्यकर्ताहरु घाईते भएका छन ।
प्रहरीको लाठी चार्जबाट मोटरसाईलकमा पनि क्षति भएको छ ।

ईलाका प्रहरी कार्यालय सिमरा र जितपुर प्रहरी चौकीबाट आएको प्रहरी टोलीले लाठी जुलुसमा हस्तक्षेप गरी उनीहरुलाई निर्घात कुटपिट गर्नुका साथै नियन्त्रणमा लिएको हो ।

परवानीपुर पथलैया सडक खण्डका उद्योगहरुले बन्दको अवज्ञा गरेको भन्दै बन्द गराउन मोर्चाले निकालेको मोटरसाईकल जुलुस प्रहरीले तितरबितर गरेको हो । घाईतेहरुलाई परवानीपुर र वीरगन्जको नारायणी उपक्षेत्रिय अस्पतालमा उपचारको लागि पठाईएको छ ।

शान्ति सुरक्षा विथोलेको आरोपमा पक्राउ परेका मधेशवादी दलका पाँचजनामाथि आज मुद्दा दायर गरेको छ ।
रौतहट जिल्ला प्रहरी कार्यालयले जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक सुरक्षा ऐन अन्तर्गत पाँचजनामाथि मुद्दा दायर गरेको डिएसपी सुधिर शाहीले बताए । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रामकिशोर यादव, केन्द्रीय सल्लाहकार रामेश्वर यादव, मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का जिल्ला अध्यक्ष अजय गुप्ता, सोही पार्टीका जिल्ला नेता अनिल सिंह र सद्भावना पार्टीका जिल्ला अध्यक्ष शेख जमसेदमाथि मुद्दा दायर गरिएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..