» » पर्सामा शहिदहरुको श्रद्धाञ्जलिसभा भव्यसाथ सम्पन्न

वीरगन्ज, आश्विन २ गते । मधेस आन्दोलनका क्रममा प्रहरीको गोली लागेर वीरगंजमा ज्यान गुमाएका शहिदहरुकोे सम्झनामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले शनिबार वीरगन्जको मनियारीमा श्रद्धाञ्जलीसभाको आयोजना गरि भवय साथ सम्पन्न गरेको छ । 
मनियारीको मुख्य चोकमा आयोजित श्रद्धाञ्जलीसभालाई सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तो , संघीय समाजवादी फोरम नेपालका केन्द्रिय उपाध्यक्ष लालबाबु राउत ,जिल्ला अध्यक्ष प्रदीप यादव , तमलोपाका केन्द्रिय सदस्य रमेश कुर्मी, जिल्ला अध्यक्ष पूरुषोत्तम झा , सदभावना पार्टीका केन्द्रिय सदस्य निजामुदिन समानी ,तराई मधेश सदभावना पार्टीका अध्यक्ष प्रेम चन्द्र कुशवाहा, थारु अगुवाहरु बृजमोहन चौधरी, बालेश्वर गौरो लगायतका नेताहरुले सम्बोधन गरेका छन । 

यसै क्रममा शनिवार नै केही दिन अगाडी प्रहरीको गोली लागेर रुपन्देहीमा मारिएका ४ बर्षीय बालक चन्दन पटेलको शोकमा पर्साको पोखरियामा आज श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । बद्रि चौरसियाको अध्यक्षतामा सम्पन्न भएको श्रद्धाञ्जली सभामा पूर्व सभासद रामेश्वर रौनियार, नेताहरु गोवद्र्धन यादव, भगवान कुर्मी, प्रेमबाबु पटेल, शिवशंकर कुर्मी, खलिल मियाँ, जोगिन्दर कुर्मी, भाग्यनाथ गुप्ता लगायतका नेताहरुले भावपूर्ण मन्तव्य व्यक्त गरेका थिए ।  

श्रद्धाञ्जली सभाले पोखरिया बजारको चोक निर्माण गर्न लागिएको स्व.चन्दन पटेलको शालिकको आजै सिलान्यास पनि गरिएको छ । मधेसी जनअधिकार फोरम मधेसका अध्यक्ष भाग्यनाथ गुप्ताले शालिक निर्माण स्थलको सिलान्यास गर्नुभएको हो । यसैबीच मधेस आन्दोलनका क्रममा प्रहरीको गोली लागेर वीरगंजमा ज्यान गुमाएकाहरुकोे सम्झनामा नेपाल गोंड समाज उत्थान समिती प्रसौनी बिर्ता ईकाई कमिटीले गएराती वीरगंज –२६ प्रसौनी बिर्तामा श्रद्धान्जली सभा सम्पन्न गरेको छ । समितीका केन्द्रिय कोषाध्यक्ष प्रहलाद गुप्ता गोंडको नेतृत्वमा  गरिएको श्रद्धान्जली सभामा प्रसौनी बिर्ताका स्थानिय अगुवा नेता एवं कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।                                                                                                                                                                                यात्राडेली

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..