» » मातृकाले भने, भारतले नाकाबन्दी गरेको होइन, आन्दोलनकारीले गरेको हो

काठमाडौ असोज ९ गते । नेकपा–माओवादीका संयोजक मातृका यादवले भारतले नाकाबन्दी लगाएको कुरा राज्यद्धारा भ्रम फैलाइएको हल्ला मात्र भएको बताउनु भएको छ ।

तराई मधेशमा जारी आन्दोलनकारीले नाका ठप्प गरेपछि भारतबाट आउनुपर्ने मालसमान आउन नसकेको हो त्यसलाई भारतले नाकाबन्दी गरेको भन्न नमिल्ने उहाँले बताउनु भएको छ ।

भारतबाट आउन गाडीका चालकहरु र गाडीका मालिकहरु आन्दोलनको डरले भारत सीमा कटाउन नमानेको दावी गर्दै संयोजक यादवले मधेशीहरुले गरेको आन्दोलनलाई भारतसँग जोडेर शासकहरुले आन्दोलनलाई बद्नामा गराएको आरोप उहाँले लगाउनु भयो ।

सबै मुख्य नाकामा मधेशी आन्दोलनकारीहरु दिन रात धर्ना दिएका छन्, खानपीन सुत्ना बैठना सबै त्यही हुन्छ भने मानलसमान कसरी पास हुन्छ, यो भारतलाई देखाएर आन्दोलनको ध्यान अन्यत्र मोड्ने रणनीति तहत राज्यले भ्रम फैलाएको बताउँदै उहाँले त्यस्तो भ्रममा नपर्न उहाँले आगंह गर्नुभयो ।

राज्यले भारतले नाकाबन्दी गर्यो भनि हल्ला फिजाएर आन्दोलनबाट आदिवासी जनजातिहरुलाई राष्ट्रियताको नाममा तान्न खोजेको हो,  उहाँले भन्नुभयो, भारतले यस्तो गरायो भने आन्दोलनमा लागेकाहरु पनि भारतको विरोध गर्न थाल्छन् र आन्दोलन कमजोर हुन्छ भनि मनसायले यो हल्ला फिजाइएको हो ।’ उहाँले जसले यस्तो हल्ला फिजाइएको छ त्यो नाकामा गएर हेर्दा हुन्छ कि मालसमान भारतको कारण यता नआएको हो कि आन्दोलनकारीका कारण, स्थलगत अनुगमन गरे सबै कुरा प्रष्ट हुने बताउनुभयो ।
सिहदरवार र बालुवाटारमा मात्र बसेर अनुमानको भरमा यो शान्तिपूर्ण आन्दोलनमा मुछ्नु गलत भएको उहाँको टिप्पणी थियो । उहाँ अहिले वीरगञ्जको नाकामा हुनुहुन्छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..